प्रधानमन्त्री ओलीद्वारा राजीनामा


 


काठमाडाैं, साउन ९

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई जानकारी दिएका छन् ।

एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । नयाँ सरकार गठनका लागि कुनै अवरोध नहोस् भनेर बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको उनले संसदलाई जानकारी दिए । उनले भने ‘यसले नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुला गरेको छ ।’

प्रकाशित मिति: ९ श्रावण २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्