कोशी व्यारेजलाई ध्वस्त पार्ने आतंकवादीको धम्की, सुरक्षामा नेपाली सेना तैनाथ


 


koshi-bridgeइटहरी, साउन १०

५० वर्ष पुरानो कोशी व्यारेज माथि अहिले खतराको बादल मडारि रहेको छ । बर्खाको मौसम भएको कारणले कोशी व्यारेजको जलस्तर निकै उच्च रहेको छ ।

त्यस बाहेक पनि कोशी ब्यारेज अन्तर्राष्ट्रिय आतंकवादीहरुको निशानामा रहेको सनसनीपूर्ण समाचार बाहिर आएको छ । आतंकवादी संगठनले कोशी ब्यारेजलाई ध्वस्त पार्ने धमकी दिएको खबर भारतीय च्यानल आजतकले दिएको छ ।

आतंकवादीद्वरा प्राप्त धमकीपछि अहिले कोशी व्यारेज क्षेत्रको सुरक्षा बढाएका छन् । नेपालको पूर्वी नेपाललाई जोड्न एक मात्र स्थलमार्गमा सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको सप्तकोशी नदीमाथि निर्मित कोशी ब्यारेजलाई आतंकवादी संगठनले ध्वस्त पार्ने धमकी दिएको समाचार भारतको चर्चित टेलिभिजन आजतकको अनलाइन संस्करणमा लेखिएको छ ।

केहि दिन अगाडि पनि भारतको अर्को चर्चित अनलाइन जागरणले पनि नेपालमा आतंकवादीको अड्डा बन्दै गएको समाचार छापेको थियो ।
कोशी व्यारेजलाई ध्वस्त पार्ने आतंकवादीद्वरा धमकी प्राप्त भएपछि भारत र नेपालका अधिकारीहरु चिन्तित बनेका छन् ।

कोशी ब्यारेजको सुरक्षामा नेपालको सुरक्षाकर्मी बाहेक अहिले नेपाली सेनाको सक्रियता बढाएको छ । कोशी ब्यारेजबाट आवत जावत गर्ने सबै सवारी साधनमा कडा निगरानी र चेकजाँच हुन थालेको छ ।

सुरक्षाकर्मी निकै सजग भएका कारण निकै सक्रियता पूर्वक कुनै पनि किसिमको अप्रिय घटना नहुन दिन सर्तकता अपनाएका छन ताकी कुनै पनि अप्रिय घटना नहोस् ।

सुरक्षा संवेदनशीलताका कारण भारत र नेपालका कुनै पनि अधिकारीले कहाँ बाट कुन संगठनको आतंकवादीले धमकी दिएको हो नाम लिन चाही रहेका छैन ।

सुनसरी जिल्लाका जिल्लाका सिडियो मोहन चापाँगाईको अनुसार कोशी व्यारेजलाई ध्वस्त पार्ने धमकी आएदेखि सुरक्षा प्रशासन निकै सजग छ । सुनसरी जिल्ला प्रशासनका साथै नेपाल आर्म फोर्सको एक विशेष टोली कोशी व्यारेजको सुरक्षामा खटाई सकेको उनको भनाई छ ।

उनले भने, ‘कोशी ब्यारेजबाट आउने जाने सवारी साधनमाथि कडा निगरानी र चेकजाँच पनि भई रहेको छ । सिडियो चापाँगाईका अनुसार कोशी व्यारेज गम्भीर विषय हो र यसको सुरक्षाको लागि प्रशासनलाई निकै सजग र सर्तक हुनु निर्देशन समेत दिएको बताए ।

प्रकाशित मिति: १० श्रावण २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्