चीनपछि रुसका राष्ट्रपति पुटिनको नेपाल भ्रमण? सरकार जुट्यो गोप्य तयारीमा !


 


बाहिर त कुनै चर्चा छैन। तर विद्रोहीहरु (विप्लव समूह)लाई भनिएको रहेछ, अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि नेपाल बोलाउने कार्यक्रम छ।

सरकारको तर्फबाट विप्लवकहाँ खबर पुर्याइएको छ, कम्तीमा चिनियाँ राष्ट्रपति सी चिनफिङ आउनुअघि र यहाँ बसुन्जेल कुनै घटना नगराए हुन्थ्यो। र, त्यहीँ खबर पुर्याउने अधिकारीले सुनाएका हुन्, पुटिन आउने सम्भावना। जनआस्थाले लेखेको छ, विप्लव नेकपाले उपत्यकामा दर्जनौं ड्रोन तयार पारेको र त्यसबाट विभिन्न महत्वपूर्ण ठाउँमा आक्रमण गर्ने सूचना पाएपछि हो, सरकारका तर्फबाट यस्तो सजगता अपनाउँदै जेलमा बसेका नेतामार्फत खबर पुर्याइएको।

राष्ट्रिय हितसँग जोडिएका कुनै पनि विषयमाथि हस्तक्षेप नगर्ने पार्टीको नीति भएका कारण विदेशी पाहुनाको भ्रमण विथोल्ने वा नकारात्मक सन्देश जाने कुरामा अग्रसर हुने नीति नभएको कुरा हाल नख्खु कारागारमा रहेका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन)ले सरकारी प्रतिनिधिलाई सुनाएका छन्,

प्रकाशित मिति: ९ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्