Deshko News
९ आश्विन २०८०, मंगलबार

अाङकाजीले किन छाडे संघीय समाजवादी पार्टी ?



काठमाडाैं, साउन ११

आङकाजी शेर्पाले संघीय समाजवादी फोरम नेपाल परित्याग गरेका छन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र लेखेका छन् र पत्रमा पार्टी केन्द्रीय सदस्य, नेफोसो केन्द्रीय सम्पर्क समितिको इन्चार्ज र क्रियाशील सदस्यबाट राजीनामा दिएको उल्लेख छ ।

पार्टीद्वारा परिभाषित जिम्मेवारी बहनभन्दा व्यक्तिगत स्वार्थ दोहन गर्ने र पहिचानको आन्दोलनमा अहोरात्र लाग्नेलाई भन्दा ठूलाठूला नेताका घरघरमा धाउनेहरुलाई बढी अवसर दिइएको र समावेशी प्रतिनिधित्वमा नातावाद र नश्लवाद हावी भएकाले पार्टी परित्याग गरेको शेर्पाले बताएका छन् । शेर्पाले वर्गीय उत्पीडनमा परेकाहरुको मुक्तीका लागि शरीरमा एक थोपा रगत र एक मुठी सास रहेसम्म संघर्ष गरिरहने बताएका छन् ।

प्रकाशित मिति: ११ श्रावण २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News