कविता-खर्पन


 


kp oli

केपी शर्मा ओली
म यही खर्पनमा हालेर हरदिन बेलुका
बितेको थोत्रो दिनलाई विदा गर्छु ।
म यही खर्पन थापेर हरदिन आउने बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु ।
हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन आएको छ,
अथवा यही खर्पनबाट गज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ ।
अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु र
यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई ।
यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ
तर खर्पन बाटो पनि हो जसमा जिन्दगी हरदिन गुज्रिन्छ ।
यो मेरो विहान हो, मेरो दिन हो, बेलुका पनि हो
मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढौली पनि हो ।
मेरो जीवनको दियो जलाउने बाती हो खर्पन ।
मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन
मान्छेहरुसँगको मेरो जी हजुर ‘तँ,तँ,मँ, मँ सबै सम्बन्धहरु हो खर्पन ।
मेरो घर, मेरो घाट, मेरो बजार, मेरो हाट जे पनि हुन्छ खर्पन ।

प्रधानमन्त्री केपी शर्मा अाेलीले याे कविता २०४१ सालमा पाेखरा जेलमा लेखेका हुन्

प्रकाशित मिति: १३ श्रावण २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्