युएईमा भयानक सवारी दुर्घटना, ६ नेपालीको घटनास्थलमै मृत्यु


 


काठमाडौं, असाेज १३

वैदेशिक रोजगारीका लागि युएई गएका ६ जना नेपालीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। आइतबार दुबईमा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ ।

स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृच्यु भएको दुबईस्थित नेपाली राजदूतावासले जनाएको छ।

उनीहरुको नेपालस्थित ठेगाना खुलेको छैन। दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको दुबई प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्