अब बन्ने सररकारमा काे-काे बन्दैछन् मन्त्री ?


 


काठमाडाैं, साउन १८

प्रमुख दल नेपाली काँग्रेसको समर्थनमा दोस्रोपटक प्रधानमन्त्री बन्न लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार प्रधानमन्त्री बन्ने निश्चित छ । संसद सचिवालयको तयारी अनुसार १९ गते बुधबार प्रधानमन्त्रीको चुनाव हुनेछ ।

पहिलो चरणमा बन्ने मन्त्रीहरु :

दाहाल बुधबार प्रधानमन्त्री भए उनले बिहीबार नै मन्त्रीमण्डल विस्तार गर्ने योजना बनाएका छन् । त्यसको लागि उनले पहिलो चरणमा काँग्रेस र माओवादीका साथीहरुलाई मन्त्री बनाउने पक्का छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्टै अर्थात साउन २० गते उनले काँग्रेसबाट विमलेन्द्र निधि, सितादेवी यादव, शेखर कोइराला र अर्जुननरसिंह केसीलाई मन्त्री बनाउने निधो गरिसकेका छन् भने आफ्नो दलबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा प्रभाकरलाई लैजाने तयारी गरेका छन् । त्यस्तै उनले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पनि २० गते नै मन्त्रीमण्डलमा सहभागी गराउने बुझिएको छ । त्यस लगत्तै एक हप्ताभित्र दोस्रो चरणमा भने उनले अन्य पार्टीबाट समेत मन्त्री बनाउने तयारी गरेका छन् ।

काँग्रेसबाट मन्त्री बन्नेहरु :

रमेश लेखक, बालकृष्ण खाँड, डा. प्रकाशशरण महत, केशरकुमार बुढाथोकी, फर्मुल्लाह मन्सुर, नविन्द्रराज जोशी, राजन केसी, चन्द्र भण्डारी, कमला पन्त, हृदयराम थामी, रोमी गौचन थकाली, अर्जुन जोशी, उमेश श्रेष्ठ र मान बहादुर विश्वकर्मा रहेका छन् ।

काँग्रेसबाट राज्यमन्त्री बन्ने सम्भावित नेताहरु :

बहादुर सिंह तामाङ्, दिपक खड्का, ईन्द्र बानियाँ, रामहरि खतिवडा, मीन विश्वकर्मा, जीवन शाही, किरण यादव, अम्बिका बस्नेत, शंकर भण्डारी, सुधिर शिवाकोटी, कमल पँगेनी र नागेन्द्र कुमाल रहेका छन् ।

माओवादीबाट मन्त्री बन्नेहरु :

अग्नि सापकोटा, रेखा शर्मा पौडेल, गिरिराजमणि पोखरेल, हितराज पाण्डे, राम कार्की, रविन्द्रप्रताप शाह र दलजित बिके श्रीपाली । त्यस्तै माओवादीबाट राज्य मन्त्री बन्नेमा महेन्द्र बहादुर शाही, अशोक मण्डल, अशोक यादव, अमनलाल मोदी रहेका छन् ।

फोरम लोकतान्त्रिकबाट मन्त्री बन्नेमा गिता राणा र डा. बाबुराम पोखरेलको चर्चा रहेको छ ।

राप्रपाबाट मन्त्री बन्ने सम्भावित अनुहारहरु :

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुनिलबहादुर थापा, दिपक बोहरा, विक्रम पाण्डे, पर्शुराम तामाङमध्येबाट एक जना मन्त्री बन्नेछन् । नेकपा संयुक्तबाट जयदेव जोशी मन्त्री बन्नेछन् ।

प्रकाशित मिति: १८ श्रावण २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्