बेलायतमा नेपाली युवतीको हत्या


 


लण्डन, असोज २५
बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । मंगलबार आफ्नै घरमा ३२ वर्षीया शुभेक्षा बुढाथोकीको हत्या भएको हो । उनलाई फातिमा नामले चिनिने गरिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हिंसात्मक आक्रमणपछि हत्यारा बाहिरिएको बताइएको छ । मंगलबार बिहान साढे ८ बजे उनी बस्ने बर्थल्म्यू स्ट्रिट हाइफिल्डमा प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आइपुग्दा बुढाथोकीको घटनास्थलमै मृत्यु भइसकेको बताइएको छ ।

पोस्टमार्टम रिपोर्टमा उनलाई धेरै पटक छुरा हानिएको देखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इष्ट मिडल्याण्ड स्पेशनल अपरेसन्स युनिटका डिटेक्टिभ इन्सपेक्टर मार्क सिन्सकीले बताए ।

प्रकाशित मिति: २५ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्