प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित


 


prachandकाठमाडाैं, साउन १९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार व्यवस्थापिका संसदले बहुमतका आधारमा प्रचण्डलार्इ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३६३ मत पाएका छन् ।

५९५ सदस्य रहेको संसदको बुधबारको बैठकमा ५७३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीका एक्ला उम्मेदवार प्रचण्डको विपक्षमा २१० मत खसेको छ । प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो ।

यसअघि २०६५ सालमा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए । अब गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बनेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको दल एमालेले प्रचण्डको विपक्षमा मतदान गरेको छ । उसले सुरुमा उम्मेदवार दिने बताएको थियो ।

तर, मंगलबार अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय दियो । ओली सरकारमा रहेको राप्रपा नेपालले पनि प्रचण्डलाई मत दिएन । नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा र केही साना दल पनि ओलीको पक्षमा रहे । तर, ओली सरकारमा रहेका राप्रपा, फोरम लोकतान्त्रिक, परिवार दलसहितका दलहरु भने प्रचण्डको पक्षमा उभिन पुगे ।

प्रकाशित मिति: १९ श्रावण २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्