मन्त्रीहरूकाे टुंगाे लाग्याे, काे-काे मन्त्री हुने भए ?


 


काठमाडाैं, साउन २०

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ ग्रहणसँगै अाज नेपाली कांग्रेसबाट तीन मन्त्रीले शपथ लिने टुङ्गो लागेको छ । नेता विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने तय भएको छ । निधिले गृह, अर्जुननरसिंह केसीले रक्षा एवम् रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने टुंगो लागेको हो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसँगै कृष्ण बहादुर महरा, दलजित श्रीपाली र गौरीशंकर चौधरीलाई पहिलो चरणमा मन्त्री बनाउने गरी नाम टुंगो लगाएको हो । बैठक श्रोतका अनुसार महरा उपप्रधान तथा अर्थ मन्त्रालय सम्हाल्नेछन् ।

त्यसैगरी दलजित श्रीपालीले खेलकुद र गौरीसंकर चौधरीले कृषि मन्त्रालय सम्हाल्नेछन् । कांग्रेस र माओवादी केन्द्रलगायतका दलको समर्थनमा बनेको दाहाल नेतृत्वको सरकारमा कांग्रेसले १३ र माओवादी केन्द्रले आठ मन्त्रालय पाउने सहमति भएको छ । अन्य साना दललाई पनि सरकारमा सामेल गर्दा मन्त्रालयको सङ्ख्यामा थपघट हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति: २० श्रावण २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्