फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना


 


काठमाडौँ, साउन २४

गोरखाबाट केहीबरेअघि बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ ।  सो हेलिकप्टरमा पाँचजना यात्रु रहेको फिस्टेल एयरले पुष्टि गरेको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू हुनुहुन्छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ । सो हेलिकप्टर नुवाकोटको मदानपुर गाविस–९ को बेतनी जङ्गलमा दुर्घटना भएको हो । स्थानीयवासीले दुर्घटनास्थलमा धुवाँ आएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । प्रजिअ पोखरेलसहित प्रहरी टोली दुर्घटनास्थलतर्फ गइसक्नुभएको छ । दुर्घटनास्थल सदरमुकामबाट ३५ किमी दूरीमा पर्दछ ।

प्रकाशित मिति: २४ श्रावण २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्