माओवादीले अझै मन्त्री छानेन



Prachanda-Chairman-of-Maoist-Centerकाठमाडौं, साउन २८। सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले शुक्रबार पनि सरकारमा जाने नेताहरुको नाम तय गर्न सकेन ।

माओवादी केन्द्रीय कार्यालयको शुक्रबार विहान बसेको बैठकमा यसबारे सामान्य छलफल भएको छ । तर, बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुको नाम प्रस्ताव नगरेको नेता हरिबोल गजुरेलले बताए ।

मंगलबार बसेको माओवादी हेडक्वाटर बैठकले मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । र, बिहीबार नै केन्द्रीय कार्यालयको बैठक बस्ने तय भएको थियो । तर, पूर्व निर्धारित दिनभन्दा एक दिन ढिला बसेको बैठकमा पनि प्रचण्डले मन्त्रीहरुको नाम पेश गरेनन् ।

नेताहरुका अनुसार प्रचण्डले एक(दुई दिनभित्र मन्त्रीहरुको नाम तय गर्ने बताएका छन् । तपाईंहरुले मलाई अधिकार दिनु भएको छ । एक(दुई दिनभित्र टुंगो लगाउँछु भनेर अध्यक्षले भन्नु भएको छ,’ एक नेताले अनलाइनखबरलाई बताए ।

प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट तीन मन्त्री भइसकेका छन् । आठ मन्त्रालय पाएको माओवादीले ५ मन्त्री र केही राज्यमन्त्री पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News