एनआरएनएको अध्यक्षमा पन्त विजयी


 



काठमाडौं, कार्तिक १
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यषमा कुमार पन्त विजयी भएका छन् । आफ्ना प्रतिद्वन्द्वी कुल आचार्यलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् ।

यस्तै, संघको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेश कुमार श्रेष्ठ विजयी भएका छन् । निर्वाचनमा कुमार पन्त नेकपा र आचार्य कांग्रेस निकट हुन् । दुबै जनाले प्यानल नै बनाएर चुनाव लडेका थिए ।

विहीबार राति ११ बजेदेखि मत गणना सुरु गरिएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान प्रक्रिया नमिलेपछि मतपत्रबाट मतदान भएको थियो ।

आगामी दुई वर्ष नेतृत्वका लागि भएको निर्वाचनमा दुई हजार पाँच सय ७० मतदाता रहेकोमा दुई हजार तीन सय ४० मत खसेको थियो ।

प्रकाशित मिति: १ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्