५५१ असई पदमा जागिर खुल्यो, खाने हाेइन ?


 


काठमाडौं, साउन ३१

प्रहरी प्रधान कार्यालयले ५ सय ५१ प्रहरी सहायक निरीक्षक (असई) पदका लागि भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौं मानवस्रोत विकास, भर्ना तथा छनौट विभागले आइतबार विज्ञापन प्रकाशित गरी उक्त संख्यामा प्रहरी सहायक निरीक्षक (असई) माग गरेको हो ।

प्रहरी प्रधान कार्यालयले खुल्लातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ र अमर, अशक्त प्रहरी परिवारबाट ११ गरी ५ सय ५१ जना सहायक निरीक्षकका लागि भर्ना खुलेको हो । त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट उच्च माध्यमिक तह ( प्लस टु ) प्रविणता तह वा सो सरह उत्तीर्ण गरेका असोज १० गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले आवदेन दिन सक्नेछन् । दरखास्त आवदेन भदौ १२ गतेदेखि खुल्नेछ ।

विज्ञापन हेर्नुहाेस्

nepal-police-job

प्रकाशित मिति: ३१ श्रावण २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्