काभ्रे बस दुर्घटनाका घाइते भेट्न ओली धुलिखेल अस्पताल पुगे


 


oli aspatalकाठमाडाैं, साउन ३२

एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस दुर्घट्नामा घाइते भएकाहरुलाई भेट्ना धुलिखेल अस्पताल पुगेका छन् । उनले दुर्घटना परी उपचारत ६ जनालाई भेटी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

सोमबार काभ्रेको विर्तादेउरालीमा बस दुर्घट्ना हुँदा २७ जनाको ज्यान गएको थियो भने ३९ जना घाइते भएका थिए । मृतकको शव राखिएको शिर ममोरियल अस्पतालको शवगृह पुगेर उनले जानकारी लिएका थिए ।

एमाले जिल्ला अध्यक्ष टोकबहादुर वाइवाले उनलाई घटनाबारे जानकारी दिएका थिए । सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले घाइतेको उपचारको लागि सरकारलाई आग्रह गरिएको बताए ।

प्रकाशित मिति: ३२ श्रावण २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्