एमाले निर्णय- मंसिरमै स्थानीय चुनाव


 


काठमाडाैं, भदाै १

नेकपा एमालेले आगामी मंसिर महिनामै स्थानीय तहको चुनाव गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको बैठकले सरकारलाई दबाव दिन पूरै पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले आगामी मंसिरमा स्थानीय निकायको, वैशाखमा प्रादेशिक र अर्को मंसिरमा केन्द्रीय चुनाव गराउने निर्णय गरेको थियो । तर, कांग्रेस-माओवादी गठवन्धनको नयाँ सरकारले चैतमा मात्रै स्थानीय चुनाव गराउने तयारी गरेको छ ।

मंसिरमा चुनाव नगर्ने सरकारको तयारीलाई एमालेले संविधान कार्यान्वयन नगर्ने षडयन्त्र भन्दै आएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले एमाले सरकारको योजना कार्यान्वयन गर्न दबाव दिने निर्णय गर्नुका साथै यसका लागि दबाव अभियान अन्तर्गत देशव्यापी कार्यकर्ता परिचालन गरिने भएकाे छ ।

प्रकाशित मिति: १ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्