भारतमा तीन नेपालीको लिंग काटेर हत्या, भतिजा पक्राउ


 


धनगढी, कार्तिक १४
भारतको पिथौरागढमा तीन जना नेपालीको लिंग काटेर हत्या गरिएको छ । मजदुरी गर्न श्रीमतीसहित भारत गएका हरिष बोहरासहित तीन जनाको हत्या भएको खुलेको छ । डेरा गरेर बसेकै कोठामा लिंग काटिएको अवस्थामा तीन जनाको शव फेला परेको हो ।

लिंग काटिएर बैतडीको पुरचौडी नगरपालिका वडा नम्बर ५ का दहतालका हरिश बोहरा, उनका सहोदर भाई बीरा बोहरा र वडा नम्बर ४ भटना तडीखेतका काशी बोहराको हत्या भएको हो । घटना कार्तिक ८ गतेको भएपनि दुई दिनपछि मात्रै सार्वजनिक भएको थियो ।

हत्या गरेको आरोपमा भारतीय प्रहरीले हरिश दाजुभाईका भतिजा नाता पर्ने पुर्चौडी ५ कै धनबहादुर बोहरालाई पक्राउ गरेको छ । उनलाई पिथौरागढबाट एक सय २० किलोमिटर टाढाबाट कार्तिक ११ गते पक्राउ गरेको हो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगको थियो । सो टोलीकाअनुसार धनबहादुरले तीन जनाको हत्या गरेको स्वीकार गरेका छन् ।

तीन जनाको हत्या अघि नै हरिशकी श्रीमती कलावती बोहरा नेपाल आएकी थिइन् । उनी माइती बझाङ आएका बेला बैतडी प्रहरीले बझाङ झिकाएर सोधपुछ गरेको छ । उनको घटनामा संलग्नता नदेखिएको बताइएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्