प्रधानमन्त्रीको स्वास्थ्य, सल्लाहकार र पत्रकारिता


 


विष्णु रिजाल

प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएर बुधबार विहान बजे ग्रान्डी अस्पताल भर्ना भएर विहीबार राती बजे घर फर्किनुभएको । यस सन्दर्भमा उहाँको स्वास्थ्यस्थितिगोप्य राखिएको‘, ‘जनतालाई थाहा नदिएको‘, ‘सल्लाहकारहरुले सूचना लुकाएको‘, ‘पत्रकारलाईसूचनामा पहुँच नदिएकोजस्ता चर्चा भएका छन्

. सबैलाई थाहा , प्रधानमन्त्रीको स्वास्थ्य ठीक छैन, मृगौला प्रत्यारोपण गरिएका कारण उहाँ नियमित रुपमा चिकित्सक अस्पतालको सम्पर्कम हुनुहुन्छ केही समयअघि मात्रै सिंगापुरबाट उपचार गरेर फर्केपछि पनि उहाँको नियमित स्वास्थ्य परीक्षणभइरहेको यस्तो अवस्थामा स्वास्थ्यमा समस्या उत्पन्न हुनासाथ होहल्ला गरेर के-के न भयो भन्ने जस्तो गरेर प्रचार गर्नु आवश्यक छैन

. कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्ति, त्यसमा पनि प्रमुख कार्यकारीको स्वास्थ्यका बारेमा थाहा पाउने जिज्ञासा आम नागरिकमाहुनु अस्वाभाविक होइन तर, विहान बजे अस्पताल लैजानासाथ सबै कुरा सार्वजनिक गरिहाल्नुपर्ने माग उचित छैन धामीझाँक्रीलेजस्तो नाडी छामेर वा अनुहार हेरेर अनुमानका भरमा चिकित्सकले यही भएको हो भन्ने कुरै हुँदैन एउटा मात्र होइन, अनेक परीक्षणगरेपछि मात्रै के भएको हो भन्न सक्छन्, जुन कुराको तत्कालै अपेक्षा उचित हुँदैन

. प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारेमासूचना लुकाएकोभनेर विशेषगरेर प्रेस सल्लाहकार डा. कुन्दन अर्यालको आलोचनाभइरहेको , जुन बिल्कुलै उचित छैन किनभने, प्रधानमन्त्री अस्पताल भर्ना भएको कुरासम्म उहाँबाट पुष्टि गर्न खोज्नुपर्छ, त्यसबाहेककास्वास्थ्यसम्बन्धी सूचना अस्पताल वा चिकित्सकबाहेक सल्लाहकारसँग सोध्नु उचित हुँदैन फेरि प्रधानमन्त्री अस्पताल भर्ना हुनासाथसल्लाहकारले अनलाइन, ट्वीटर फेसबुकका लागि मसालेदार हुने गरीहो, अवस्था गम्भीर भन्दैन दुबै दिन अस्पतालले बक्तव्यनिकालेको , दोस्रो दिन पत्रकार सम्मेलन नै गरेको अनि कहाँनेर सूचना लुकाइयो ?

. प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा चासो हुनु सूचना पाउने अपेक्षा गर्नु स्वाभाविक हुन्छ तर, बालुवाटारबाटअस्पताल जानैलाग्नुभयो, अस्पताल पुग्नुभयो, अब लिफ्ट चढ्न थाल्नुभयो, डाक्टर आउनुभयो, अब परीक्षण हुनै लाग्यो, पहिलो परीक्षण भयोजस्तासूचनाको अपेक्षा हो भने त्यो व्यर्थ

. विरामीको व्यक्तिगत जीवन गोपनीयताका बारेमा पत्रकार संवेदनशील हुनैपर्दछ सूचना ब्रेक गर्ने नाममा नमरेको मान्छेलाई मरेको(माधव घिमिरे, अम्बर गुरुङ) भनेर समाचार लेख्दासमेत हामीलाई त्यसबाट सिक्ने फुर्सत छैन

. स्वास्थ्य जस्तो विषयमा समाचार लेख्न हतार गर्नुपर्ने कुनै कारण छैन केही दिनअघि वामदेव गौतमलाई सामान्य रुघाखोकी ज्वरोआएपछि स्वास्थ्य परीक्षणका लागि टेकु जानुभएको रहेछ कुनै पत्रकार मित्रले थाहा पाउनुभएछ वामदेव गौतमलाई डेंगुको आशंकाभनेर समाचार लेख्नुभयो पछि अनलाइनहरुलेआशंकाभन्ने शब्दलाई हटाएरवामदेव गौतमलाई डेंगुभनेर समाचार लेखेको लेख्यैगरे परीक्षणबाट उहाँलाई सामान्य भाइरल भएको मात्र देखियो तर, आफन्त, साथीभाइहरुलाईमलाई डेंगु लागेको होइनभन्दाभन्दाउहाँ हैरान हुनुभयो त्यसैले स्वास्थ्य कुनै समाचारब्रेकगर्ने विषय होइन

विष्णु रिजाल

. कुनै कुरा पत्रकारले तत्कालै थाहा नपाउँदैमा त्योगोप्य राखिएकोवालुकाइएकोभन्ने हुँदैन ट्वीटर वा फेसबुक प्रयोगकर्तालाईछिटोछिटो नयाँ कुरा लेख्न हतार हुन सक्ला तर त्यसैका लागि छिनछिनमा सूचना उपलब्ध गराइरहनुपर्दछ भन्ने हुँदैन

प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्