मिर्गाैला जोगाउने घरेलु विधि, एक रुपैयाँ पनि खर्च नलाग्ने !


 


अहिले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैलाले काम गर्न छाडेर डायलाइसिसको प्रक्रियामा छन् । उनको १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गाैलाले काम गर्न छाडेको हो । यस्तो बेला आम मानिसमा मिर्गाैला कसरी जोगाउने भन्ने चासो बढेको छ । हामीले यहाँ मिर्गाैलालाई सुरक्षित राख्नेबारे केही घरेलु विधि उल्लेख गरेका छौं । जसका कारण मिर्गाैला सुरक्षित हुनसक्छ ।

किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न आवश्यक छ ।

– भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ ।

– एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने ।

– काटेको धनियाँलाई राम्रोसँग धुने ।

– एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।

– पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने ।

– १० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने ।

– यसरी सेलाएको पानी एक ग्लास पिउने ।

– दिनहुँ यसो गर्नाले किड्नी सधैं सफा र स्वस्थ रहन्छ । किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट गएको यस्तो पेय खाएपछि महसुस गर्न सकिन्छ ।

– किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्