कांग्रेसबाट चार मन्त्रीको नाम टुंगो लाग्यो


 


congersh-mantriकाठमाडौं, भदौ ८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट मन्त्रिमण्डलमा जाने थप चार मन्त्रीको टुंगो लगाएका छन्। देउवा निकट स्रोतका अनुसार कांग्रेस भित्र आफ्नो समूहको तर्फबाट अर्जुननरसिंह केसी शिक्षा, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँण रक्षा मन्त्रालयको जिम्मा पाउने पक्का भएको छ।

हुम्लाका सांसद जीवनबहादुर शाही पनि मन्त्री बन्ने पक्का भएको छ, तर उनको मन्त्रालय टुंगो लागिसकेको छैन। देउवाले शाहीलाई पर्यटन मन्त्री बनाउन चाहे पनि रामचन्द्र पौडेल पक्षले सो मन्त्रालयमा दाबी गरेको कारण उनको मन्त्रालय टुंगो नलागेको हो। पर्यटन नभए शाहीलाई बन मन्त्रालय पठाउने सम्भावना छ।

अरू मन्त्रीको नाममा अझै छलफल जारी छ। पौडेल पक्षले सभापति देउवासँग ५ मन्त्री र ४ राज्यमन्त्री माग गरिरहेको छ। तर देउवाले संसदीय दलको निर्वाचनमा पौडेलले पाएको ३२ प्रतिशतको आधारमा ३ मन्त्रालय दिने बताएपछि पौडेल पक्ष रूष्ट बनेको छ।

प्रकाशित मिति: ८ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्