जन्ती बाेकेकाे बस दुर्घटना, ४४ घाइते


 


काठमाडाैं, भदाै ९

जन्ती बोकेको बस पल्टँदा ४४ जना घाइते भएका छन् । नगरकोटबाट जन्ती लिएर कोटेश्वर तर्फ आउँदै गरेको बा ४ ख १९०५ नम्बरको बस कमलविनायक भत्केको पाटी नगरकोट वैकल्पिक सडकखण्ड अन्तर्गत जीतपुरमा पल्टँदा ४४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये २१ जनाको भक्तपुर अस्पताल, २१ जनाको मध्यपुर अस्पताल र २ को अर्थोपेडिक जोरपाटीमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त जगातीका डीएसपी मित्रबन्धु शर्माले बताए । २६ यात्रु क्षमताको बसमा ६० जना यात्रु बोकेको बस तीव्रगतीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्