कांग्रेसबाट मन्त्रीकाे नाम टुंगाे लाग्याे, भाेलि सपथ लिने


 


काठमाडाैं, भदाै ९

रामचन्द्र पौडेल पक्षले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गरेको छ। पाैडेल पक्षलाई पाँच मन्त्रालय दिन देउवा तयार भएपछि पौडेलले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेका हुन्।

पौडेल पक्षबाट सितादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी मन्त्री हुने भएका छन्। यसैगरी हृदयराम थानी र रोमी गौचन थकाली पौडेलपक्षबाट मन्त्री हुने भएका छन्।  पाैडेल पक्षलार्इ पाँच मन्त्री दिन देउवा तयार भएपछि सरकारमा सहभागी हुने मन्त्रीको संख्यालाई लिएको कायम रहेको विवाद अन्त्य भएकाे छ ।

सभापति शेरबहादुर देउवा पक्षबाट चार जनाको नाम पक्का भएको छ। अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाही मन्त्री हुने पक्का भएको छ। बाँकी एक जनामा मोहन बस्नेत, केशवकुमार बुढाथोकी र शंकर भण्डारीले दाबी गरेपछि नाम तय गर्न ढिला भएको स्रोतले जनाएको छ।

बाँकी एक मन्त्रालय कृष्ण सिटौला पक्षबाट गगन थापा सरकारमा सहभागी हुने चर्चा छ। आजै साँझ सम्म सबै मन्त्रीको नाम तय गरी भोलि बिहान नौ बजे सथप लिने तयारी भएको बताइएको छ । कांग्रेसका तर्फबाट दुई जना सरकारमा सहभागी भइसकेका छन्।

प्रकाशित मिति: ९ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्