Deshko News
८ आश्विन २०८०, सोमबार

त्रिशुलीमा बस खस्यो, २१ को मृत्यु



चितवन, भदौ १०

रौतहटबाट पोखराका लागि छुटेको यात्रुबस शुक्रबार बिहान चितवनको मुग्लीन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको छ । ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नजिकै चण्डीभञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा २१ यात्रुको मृत्यु भएको र १७ जना घाइते भएको प्रहरी उपरीक्षक बसन्त कुँवरले अनलाइनखबरलाई जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुर ल्याइएको छ ।

बस विहान ५ बजेतिर दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करिब २०० मिटर तल खसेर नदीमा डुबेको छ । बसको अधिकांश भाग नदीमा डुबेको र विस्तृत विवरण प्राप्त नभएको मुग्लीन प्रहरीले जनाएको छ ।

दुर्घटना भएको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेका छन् ।

प्रकाशित मिति: १० भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News