मन्त्रिपरिषद् विस्तार, १३ जना मन्त्रीद्धारा शपथ


 


काठमाडौं, भदौ १०

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त १३ जना मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ  लिएका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा एक बिशेष कार्यक्रमका बीच  पद तथा गोपनियताको सपथ गराउनुभयो । अर्जुननरसिंह केसी शहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, केशवकुमार बुढाथोकी सामान्य प्रशासन र सुर्यमान गुरुङ श्रम तथा रोजगार मन्त्री बन्नुभएको छ ।

त्यस्तै रोमी गौचन थकाली वाणिज्य, सितादेवी यादव शान्ति तथा पुननिर्माण, जीवनबहादुर शाहीसंस्कृति पर्यटन तथा नागरिक उड्डयन, दीपक गिरी सिचाँई, नविन्द्रराज जोशी उद्योग, शंकर भण्डारी बन तथा भुसंरक्षण, गगन थापा स्वास्थ्य र ह्दयराम थानी सहकारी तथा गरिवी निवारण मन्त्री बन्नुभएको छ ।

दाहाल नेतृत्वमा सरकार गठन भएको ३ सातापछि तेस्रो पटक बिस्तार भएको हो । भागबण्डाको विवादले कंग्रेसबाट मन्त्रीको टुंगो लाग्न नसक्दा सरकार बिस्तारमा ढिलाई भएको हो ।

प्रकाशित मिति: १० भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्