विदेशमा साढे पाँच सय नेपाली जेलमा, कुन देशमा कति छन् ?


 


काठमाडौं, मंसिर ११
राजगारका लागि विदेश गएका झण्डै साढे पाँच सय नेपाली विभिन्न अपराधमा विदेशमै जेलमा परेका छन् । कतिपय सजाय भुक्तान गरिरहेका छन् भने कतिपयलाई मृत्युदण्ड सुनाइएको छ ।

कतिपय जानेर अपराधमा संलग्न भएर जेल परे भने कतिपय अन्जानमा जेल पुगेका छन् । सरकारकाअनुसार विदेशमा ४५ लाख नेपाली कामदार कार्यरत छन् । भारतमा काम गर्ने नेपालीको कुनै तथ्यांक नै छैन ।

नेपालमा दैनिक सरदर दैनिक तीन नेपालीको शव भित्रिरहेको छ । हत्या, बलात्कार, लागूऔषध कारोबारलगायत गम्भीर अभियोगमा नेपालीहरु विदेशी जेलमा पुगेका छन् । बैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्दु सुवेदीकाअनुसार सबैभन्दा बढी मलेसियामा दुई सय पाँच जना नेपाली जेल परेका छन् ।

त्यसैगरि, युएईमा एक सय ८५, कुबेतमा ५८, कतारमा ३५, साउदी अरबमा जोद्धामा ३१ र साउदी अरब यिादमा २३ जना जेल परेका छन् । त्यस्तै, बहराइनमा पाँच र ओमानमा तीन जना नेपाली जेल जीवन विताइरहेका छन् ।

जेलमा रहेकामध्ये केही ब्लडमनी तिर्न नसकेर फर्किन सकेका छैनन् भने केहीलाई जन्मकैदको सजाय सनाइएको छ । केहीको कागजात नमिलेर समस्या भएको छ । सम्बन्धित देशको कानूनअनुसार सजाय पाएकाले नेपाल सरकारले फिर्ता ल्याउन सक्ने स्थिति नरहेको सुबेदीले बताउँछन् ।

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्