चिकित्सक सङ्घको चुनावी दाैडमा काे-काे छन् ?


 


काठमाडाैं, भदौ ११

नेपालका चिकित्सकहरूलार्इ यतिबेला चुनावी  सरगर्मी बढेकाे छ । दुर्इ समूह बनाएर उम्मेदवारहरू देश दाैडाहामा निस्किएका छन् । यही भदौ १७ र १८ तथा भदौ २१ देखि २५ गते हुने दुई चरणको निर्वाचनमा नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

पेसागत समावेशी चिकित्सक समूह र प्रजातान्त्रिक चिकित्सक समूह बीच प्रतिस्पर्धा हुने भएको हो । तीन वर्ष कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका लागि दुवै समूहले उम्मेदवारी घोषणा गरेर निर्वाचन प्रचारप्रसारमा देश दाैडाहामा छ्न् ।

समावेशी डा रमेश ढकाल र प्रजातान्त्रिकका डा मुक्तिराम श्रेष्ठ अध्यक्षमा उम्मेदवारी घोषणा गरी चुनावी मैदान उत्रिएका हुन् । समावेशीबाट वरिष्ठ उपाध्यक्षमा डा सन्तोष पौडेल, उपाध्यक्षमा डा सिवेन्द्र झा, महासचिवमा डा अजयकुमार मिश्र, कोषाध्यक्षमा डा रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समिर शर्मा उम्मेदवार रहेका छन ।

Lochan-Karki
डा. लाेचन कार्की

यसैगरी प्रजातान्त्रिकबाट वरिष्ठ उपाध्यक्षमा डा ढुण्डी पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मिप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी चुनावी मैदनमा छन् ।

२००७ मा स्थापित सङ्घमा पाँच हजार तीन सय पाँच चिकित्सक आबद्ध रहेकाे बताइएकाे छ । काठमाडौँ उपत्यका बाहिर १५ स्थानमा भदौ १७ र १८ गते तथा उपत्यकाभित्र भदौ २१ देखि २५ गतेसम्म निर्वाचन हुने महासचिवका उम्मेदवार डा. लाेचन कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: ११ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्