नगदसहित १२ जना जुवाडे पक्राउ


 


तुल्सीपुर–दाङको तुल्सी उपमहानगरपालिकाबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित कमला कमल घर्तीले सञ्चालन गरेको एलेक्सी जोन पुलहाउसबाट इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुल्सीपुर ८ बस्ने ३५ बर्षीय टेकबहादुर घर्ती, सोही स्थानका ३० बर्षीय कमल घर्ती, २४ बर्षीय गोकर्ण बुडाथोकी, अजय बस्नेत, तुल्सीपुर–१८ बस्ने बर्ष २७ का लक्ष्मण गिरि, तुल्सीपुर ५ का २६ बर्षीय शिवकुमार ओली रहेका छन् ।

त्यस्तै बर्ष २८ का सिद्धान्त गुरुङ्ग, सोही उमेरका रुपेशकुमार गुप्ता, बर्ष २९ का बर्ष २९ का सन्दिप सेर्पाइली , तुल्सीपुर ९ का २८ बर्षीय राजेश कुमार बोहरा र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ घरभई तुल्सीपुर ५ बस्ने बर्ष २९ का रञ्जित श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट प्रहरीले ५८ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ ।

प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्