गीत – भोजपुर वन्दना


 


pradip-nepal
प्रदीप नेपाल

ट्याम्केबाट झरेर, दोभानबाट चढेर
अरुण नदी तरेर आइपुग्ने एउटा सुन्दर ठाउँ
सुनिदिनुस् साथीभाइ, भोजपुर हो त्यसको नाउँ
नमस्कार गर्छौँ सबैलाई, आउनु होस् न घुम्नलाई

साकेलाको मौलिक नाच, सँगीनीको सुन्दर गान
सबै जना मिलेको नमुनाको एउटा नाम
विनायो मादल घन्किने, भोजपुर हो त्यसको नाउँ
नमस्कार गर्छौँ सबैलाई आउनुहोस् है घुम्नलाई

सधैँ पौरख देखाउने, इतिहासमा नाम टेकाउने
अन्यायको जुत्तामा शिर निहुराउन नमान्ने
परिश्रमीहरुको गाउँ, भोजपुर हो त्यसको नाउँ
नमस्कार गर्छाै सबैलाई आइदिनुस है घुम्नलाई

प्रकाशित मिति: २१ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्