भत्केपाटी–नगरकोट सडक पाँच वर्षमा तीन किलोमिटर मात्रै कालोपत्रे


 


काठमाडौं, पुष १५
सडक निर्माण समयमै नसकिँदा काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटको पर्यटन व्यवसाय प्रभावित भएको छ । सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउँदै छ, तर संघीय राजधानी नजिकैको मुख्य पर्यटकीय स्थल नगरकोट पुग्ने सडक नबन्दा आन्तरिक र बाह्य पर्यटक बढ्न सकेका छैनन् ।

भ्रमण वर्ष उत्सव चलिरहेका वेला पर्यटकले भरिभराउ हुनुपर्ने यहाँका होटेल र रेस्टुरेन्ट भने सुनसान जस्तै छन् । धुलाम्मे सडक र कमजोर पूर्वाधारका कारण नगरकोट आउने पर्यटकको संख्या बढ्न नसकेको पर्यटन व्यवसायीहरू बताउँछन् । सडक निर्माणमा भइरहेको ढिलाइले यहाँको पर्यटन व्यवसाय चौपट बनेको नगरकोट–नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले बताए ।

‘पर्यटनका लागि आवश्यक पूर्वाधार विकासमा सरकारको कुनै चासो छैन, भ्रमण वर्ष मात्रै घोषणा गरेर पर्यटक कसरी आउलान् ?,’ उनी प्रश्न गर्छन् । व्यक्तिगत प्रयासबाट भ्रमण वर्षको पहिलो सूर्योदय नगरकोटबाट, नगरकोट पर्यटन महोत्सवजस्ता कार्यक्रमको तयारी भइरहेको उनले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन ।

प्रकाशित मिति: १५ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्