सञ्जिव रोकाहाकाे के छन् चुनावी एजेण्डा ? (अन्तर्वार्ता)


 


sanjeeb-rokka०३८ साल मङ्सिर १४ गते भोजपुर कुलुङ्ग मा मध्यम वर्गीय परिवार मा जन्मिएका सन्जिब रोकाहा पछिल्लो समय इन्जिनियरहरुको निर्वाचन संगै चर्चाको व्यक्ति बनेका छन् । तत्कालिन समयमा बिरेन्द्र माध्यमिक विद्यालय कुलुङ्ग, भोजपुरको प्रा. क. अध्यक्ष्य (अनेरास्ववियु )बाट आफ्नो राजनीतिक जीवन सुरु गरेका रोकाहा अहिले विभिन्न युवा अभियानहरुमा सरिक हुनका साथै बौद्धिक एवम् इमानदार युुवा नेताका रुपमा परिचित छन् ।

उनी एमाले समर्थित प्रगतिशील तथा पेशागत इन्जिनियर समूहको आसन्न निर्वाचनमा डा. सुमित्रा अमात्य नेतृत्वको प्यानलबाट कोषाध्यक्ष पदका उम्मेद्वार हुन् । उनै युवासँग इन्जिनियरहरूको निर्वाचनमा के के हुँदै छ भन्ने विषयमा छलफल गरिएकाे छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

निर्वाचनको तयारी कस्तो छ ?

सर्वप्रथम समाजलार्इ प्रविधिसंग जोड्ने बौद्धिक समुदाय इन्जिनियरिङ्ग समुदाय हो । मुलुकले राजनैतिक उपलब्धि प्राप्त गरिसके पछि अबको एजेण्डा विकास र समृद्धिको हो ।

हामी विकास र समृद्धिको नेतृत्व ईन्जिनियरिङ्ग समुदायबाट चाहन्छौ । राष्ट्रको सन् २०३० मा विकसित मुलुक बन्ने दिगो विकासको लक्ष्य लार्इ सफल बनाउने प्रमुख शक्ति र्इन्जिनियर नै हो । तसर्थ हामी आम र्इन्जिनियरहरुको पेसागत हक हित र सुरक्षाको विषय लिएर चुनाव मा होमिएका छौ ।

यो चुनावको दौड मा हामी लगायत अन्य पाँच वटा समूह प्रतिश्पर्धामा छन् । अहिले सम्म हामी ८० प्रतिशत मतदाताको मा पुगिसकेका छौ । विभिन्न परियोजना र नीजि एवम् सरकारी स्तरमा कार्यरत र्इन्जिनियर साथीहरुसंग हामी पुगेर छलफल र सुझाव लिई रहेका छौँ । अहिले सम्मको हाम्रो एनालाइसिसमा अन्य समूह भन्दा विचार दृष्टिकोण र मत संख्या को आधार मा हामी धेरै अगाडि छौ ।

तपार्इका चुनावी एजेण्डाहरु के के हुन् ?

हामीले हाम्रो समूहको उम्मेद्वारी घोषणासंगै आफ्नो प्रतिबद्दता पत्र र घोषणापत्र सार्वजनिक गरिसकेका छौँ । हामीले हाम्रा एजेन्डालार्इ ६ बुँदामा समेटेर प्रस्तुत गरेका छौ ।

पेशागत हक हित एवम् र्इन्जिनियरको सुरक्षा, राष्ट्रिय नीति निर्माणमा हाम्रो प्रतिनिधित्व , पुनः निर्माण र नवनिर्माणमा र्इन्जिनियरको भूमिका , गुणस्तरीय ईन्जिनियरिङ्ग शिक्षा, सहज रोजगार पहुँच एवम् न्यूनतम पारिश्रमिक निर्धारण, बिधान संशोधन, स्टाफ कलेजको अवधारणा एवम् डिजिटल नेपालको परिकल्पना सहितका एजेन्डाहरु हामीले प्रस्तुत गरेका छौँ ।

सुरक्षाको विषय उठाउनु भयो कस्तो सुरक्षा ?

ईन्जिनियरिङ्ग समुदायलार्इ आज दुर्इ प्रकारको सुरक्षा चुनौति छ । पहिलो समाजमा आपराधिक मनोवृति बोकेका मानिसले गर्ने दुव्र्यवहार र अर्को राजनैतिक दलका नेताहरुले प्राविधिक व्यक्तिको नेतृत्व हुनु पर्ने निकायमा गैर प्राविधिक व्यक्ति लगेर राख्ने प्रवृति ।

यो दोस्रो थ्रेट हो हाम्रो कम्युनिटीलाई । तसर्थ हामी यी मुद्दामाको दीर्घकालिन समाधान खोजिरहेका छौ ।

विधानमा के के संशोधन चाहनु भएको हो ?

हामी र्इन्जिनियरको चुनावलार्इ कसैले हार्ने वा जित्ने विषय बनाउन चाहदैनौ । हामी सबै समूहको समानुपातिक प्रतिनिधित्व हुने गरी प्राप्त मत संख्याको आधारमा नेतृत्वमा स्थापित गर्न चाहन्छौ । मुलुक संघियतामा गैसकेको परिवेशमा अब पुरानो विधि र प्रक्रिया वैधानिक रुपमा परिवर्तन गर्न जरुरी छ ।

अन्य समूह भन्दा तपार्इहरु कसरी फरक ?

हामीले अहिले मतदाताहरु समक्ष परिवर्तनको पक्षमा मत मागेका छौँ । नेपाल र्इन्जिनियर्स एसोसियशनमा पुरातन विचार र संकीर्ण सोच भएका समूहलाई सदैव परास्त गर्न जरुरी छ । हाम्रो समूह परिवर्तन शब्दमा हैन व्यवहारमा चाहन्छ ।

अन्य समूहसँग उम्मेद्वारी चयन देखि क्षमतासमम्ममा हरेक हिसाबमा हाम्रो तुलना हुने सक्दैन । यो कुरा आम मतदाता साथीहरुले बुझिसक्नु भएको छ । वैचारिक रुपमा हाम्रो बिजय भैसकेको छ अब हामी निर्वाचनको दिन कुरेर बसिरहेका छौँ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हामी अब मुलुकको आर्थिक रुपान्तरणमा योगदान गर्न चाहन्छौ । तपार्इ दुनियाको उदाहरण हेर्नुहोस, चीन मा ९ सदस्यीय स्थाई समितिमा ७ जना र्इन्जिनियर छन् । त्यहाँ विकासको गति हेर्नुहोस ।

अमेरिकाका रास्ट्रपति बाराक ओबामाले म मेरो देशमा धेरै र्इन्जिनियर र कम वकिल चाहन्छु भनेका छन् । आज ति देशको विकासको गति हेर्नुहोस । तसर्थ हामी ठूला अर्थतन्त्र भएका छिमेकी मुलुकको बिचमा डिजिटल एकोनोमीका आधारमा ट्रान्जिट बन्न जरुरी छ । मुलुकमा अब ठूला परियोजना तत्कालै सुरु गर्नु पर्ने आवश्यकता छ ।

हामी अब र्इन्जिनियरलार्इ रोजगारीको अभावमा बिदेशिने हैन यही स्वदेशमा काम गर्ने वातावरण निर्माण गर्न चाहन्छौँ । त्यस्तै आम इन्जिनियरको हित मा काम लाग्ने गरी हामीले इन्जिनियर वेलफेयर फण्डको कन्सेप्ट अगाडि सारेका छौँ । तसर्थ आगामी निर्वाचनमा डा. सुमित्रा अमात्यको नेतृत्वमा रहेको प्रगतिशील तथा पेशागत समूहलार्इ मतदान गर्नुहुन म आम र्इन्जिनियर साथीहरुमा अनुरोध गर्दछु ।

प्रकाशित मिति: २३ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्