हाउसफुल भएपछि दिपाले गरिन् दिपकलाई किस


 


deepa-priyanka-cry

काठमाडौं,भदौ २४   बिहानी शोमै हाउस फुल भएपछि निर्देशक दिपा श्री निरौलाले स्क्रिप्ट राइटर दिपक गिरीलाई किस गरेकी छन् ।

शुक्रबार देखि देशभरिका ८० भन्दा बढी हलहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पन्जा’ले बिहानैको शोमा दर्शकको उल्लेख्य साथ पाएको बताइएको छ ।

चाव्हिलस्थित गोपीकृष्ण हलमा शुक्रबार बिहानैको शोमा हाउसफुल भएपछि भुईमा बसेर हेरेकी दिपा र नायिका प्रियंका कार्कीले सोचे भन्दा बढी दर्शकको उपस्थिसत भएकाले आफुलाई खुसी लागेको बताइन् ।

दिपकले पनि बिहानको शोमा दर्शकको सन्तोषजनक र उत्साहपुर्ण साथ पाएकोले आफु  खुसी भएको बताएका छन् ।
बिहानको शोमा गापीकृष्ण हलमा उपस्थित दर्शकहरुले पनि चलचित्र निकै मन परेको बताएका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्