आइएनजिओद्वारा नेपाल प्रहरीलाई ५ अर्ब बढी सहयोग


 


काठमाडौं, माघ ६
सुरक्षाजस्तो संवेदनशील अंगमा पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले गैरकानुनी रूपमा सहयोग गरिरहेका छन् । बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) ले लेखापरीक्षण प्रणाली छलेर नेपाल प्रहरीलाई प्राविधिक सहयोग गरिरहेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार डीएफआईडीले प्रहरीका लागि सन् ०१५ जनवरीदेखि हालसम्म ५ अर्ब ६१ करोड २७ लाख रुपैयाँ खर्च गरिसकेको छ ।

सन् ०२० को डिसेम्बरसम्मका लागि उसले अब १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ खर्च गर्नेछ । प्राविधिक सहयोगका नाममा उसले ६ वर्षमा ४५ मिलियन जीबीपी (ग्रेटब्रिटेन पाउन्ड) अर्थात् ६ अर्ब ६८ करोड ९० लाख रुपैयाँ खर्च गर्नेछ । तर यसको खर्च विवरण नेपालको लेखापरीक्षण प्रणालीमा समावेश छैन ।

आर्थिक कार्यविधि ऐन, २०५५ को दफा १४ ९२० अनुसार प्राविधिकसम्बन्धी जुनसुकै विवरण केन्द्रीय आर्थिक विवरणमा समावेश गर्नुपर्ने हुन्छ, जसको लेखापरीक्षण अनिवार्य रूपमा गराउनुपर्ने हुन्छ । तर डीएफआईडीले ५ वर्षदेखि नेपाल प्रहरीलाई गरिरहेको प्राविधिक सहयोग केन्द्रीय आर्थिक विवरणमा समावेश छैन । जसका कारण अहिलेसम्म लेखापरीक्षण हुन नसकेको कार्यालयका प्रवक्ता विष्णुप्रसाद रिजालले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्