आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (माघ ९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्