डा.गोविन्द केसी नवौं पटक अनसन बस्ने


 


gobinda-kc

काठमाडौं, भदौ २५

डा.गोविन्द केसीले आफ्ना माग पुरा नभए फेरि अनसन बस्ने घोषणा गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै असोज २ गते सम्म आफ्ना माग पुरा नभए ३ गते देखि नवौं पटक अनसन बस्ने बताएका हुन् ।

मेडिकल शिक्षामा भइरहेको विकृति हटाउनु पर्ने माग सहित यस अघि पनि उनी ८ पटक अनसन बसिसकेका छन् । शनिबार जारी गरेको विज्ञप्तिमा अहिले भइरहेको चलखेल रोकेर आफुले दिएको सुझाव सहित चिकित्सा शिक्षा ऐन पारित गर्न तथा लोकमान सिंह कार्की र राजनारायण पाठकमाथि महाअभियोग पक्रिया अगाडी बढाउनुका साथै सम्झौताका सबै बुदाँ कार्यान्वयन गर्न माग गरिएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्