आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौं , माघ १३
नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५० पैसा र बिक्रीदर १२६ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०० पैसा र बिक्रीदर २८ रुपैयाँ १५ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।


प्रकाशित मिति: १३ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्