पुरानै पार्टीको पुनरावृत्ति नगर्ने : डा भट्टराई



baburam

पोखरा, भदौ २५

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीले पुरानै पार्टीको पुनरावृत्ति हुने गरी काम नगर्ने बताउनुभएको छ । तमु राष्ट्रिय परिषद् नेपालको प्रथम राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान संशोधन गरी सङ्घीय ढाँचामा लगिनुपर्ने बताउनुभयो ।

सबै अग्रगामी सोच राख्ने जाति, समुदाय एकै ठाउँमा बसेर राज्यको पुनःसंरचना गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले विकास र समृद्धिका साझा अवधारणा लिएर देशलाई सुन्दर र शान्त नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो । डा भट्टराईले अहिले रोजगारी नपाएर ठूलो जनशक्ति विदेशमा जानुपरेको छ यो देशका लागि खुसीको क्षण होइन भन्दै उहाँले कृषि, पर्यटन, जलस्रोत र उद्योगका क्षेत्रमा विकास गरी सबै युवालाई यहीँ रोजगारी दिने गरी वातावरण बनाएर पार्टी अघि बढ्ने बताउनुभयो ।

उहाँले नयाँ सोच, विचार राख्दै वैकल्पिक शक्तिका रुपमा आफ्नो पार्टी अघि बढेको र यसलाई सबै नेपाली जनताको साथ रहने विश्वास व्यक्त गर्नुभयो । तमु राष्ट्रिय परिषद् नेपाल राष्ट्रिय भेलाका संयोजक दुर्गाबहादुर तमुको अध्यक्षतामा भएको सो कार्यक्रममा तमु धीँ नेपालका अध्यक्ष कर्म तमुलगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News