दुर्घटनामा मृत्यु


 


मलेखु (धादिङ),  भदौ २५

पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट गाविस–८ गोमतीपुलमा दुईवटा बस आज आपसमा ठोक्ँिकदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा सुर्खेतका ५१ वर्षीय गगनसिंह थापा मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार काठमाडाँैबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४३६२ नं को बस र सुर्खेतबाट काठमाडाँैतर्फ आउँदै गरेको ना ४ ख ६४०१ नं को बस आपसमा ठोक्किएर दुर्घटना भएको हो । घाइते सबैको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्