बैतडीको कुवाकोट गाविस पूर्ण संस्थागत सुत्केरी घोषणा


 


kuwakot-of-baitadi

बैतडी,  भदौ २५

कुवाकोटलाई आज पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा गरिएको छ । एक वर्षयता सो गाविसका सबै १२४ गभर्वती महिलाले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको हो । आज आयोजित कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीले पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गर्नुभएको हो ।

यसअघि कुलाउ र हाटलाई पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको थियो । जिल्लालाई २०७४ साल असार मसान्तभित्र पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने गरी काम भइरहेको अवस्थीले बताउनुभयो । “बच्चा जन्माउन नसकेर महिलाले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो ।

उक्त अवसरमा स्वास्थ्य क्षेत्रमा कलम चलाएबापत स्थानीय रेडियो निङ्गलासैनीका स्टेसन म्यानेजर भगीरथ अवस्थी, नागरिक दैनिकका समाचारदाता बीरा गडाल र एभिन्युज टेलिभिजनका लोकेश साउदलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्