ललिता प्रकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि बैंकको ३ अर्ब जोखिममा


 


काठमाडौं, माघ २४
ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरुको अर्बौं लगानी जोखिममा परेको छ ।

अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरुले सोही जग्गा धितोमा राखेर अर्बौं ऋण लिएका थिए । जग्गा जफत हुने अवस्था र दोषीलाई कारबाहीको समेत माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि यस्तो जोखिम देखिएको हो ।

अख्तियार स्रोतका अनुसार बैंकहरुले ललितानिवासमा करिब ३ अर्ब रुपियाँ लगानी गरेको खुल्न आएको छ । अख्तियारले विवादित क्षेत्रको जग्गा धितो राखेर व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपियाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह भएको देखिएको जनाएको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेका हुन् ।

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्