असोज ३ देखि तरुण दलको महाधिवेशन


 


काठमाडौं, भदौ २६
नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशन असोज ३ गतेदेखि पाँच गतेसम्म पोखरामा हुने भएको छ । आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उदय शम्शेर राणाले अब महाधिवेशन तोकिएकै समयमा हुने बताए ।

‘अब जसरी भएपनि तोकिएको समयमा महाधिबेशन हुन्छ, यसमा कसैले पनि शंका नगरौं,’ उनले भने । nपत्रकार सम्मेलनमा अर्का केन्द्रीय सदस्य नारायण प्रसाद भटराईले महाधिवेशनको तयारी तिव्र पारिएको जानकारी दिए । यसैगरी नेपाल महिला संघको महाधिवेशन भदौ २९ गते काठमाडौंमा हुनेछ ।

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्