आज डलरदेखि रियालसम्मको कति छ भाउ ?


 


काठमाडौं, फागुन ११
नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२४ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्