आज कति छ डलरदेखि रियालसम्मको भाउ ?


 


काठमाडौँ, फागुन १३
नेपाल राष्ट्र बैंकले मंगलबार (फागुन १३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ २२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्