एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीहरुलाई खुसीको खबर : वाल क्लाम्बिङमा विशेष छुट


 


काठमाडौं, फागुन १६
एन आई सी एशिया बैंक लिमिटेड र Astrek Climbing Wall Pvt. Ltd बीच यस बैंकका ग्राहक र बैंकका कर्मचारीहरूलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घलेले हस्ताक्षर गर्नुभयो ।

उक्त समझदारी अनुसार यस बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ठमेलमा रहेको Wall Climbing कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३०% छुट हुनेछ । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५०% छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ ।

यो समझदारीले यस खेलमा रमाउन चाहनेका लागि लाभदायी हुने बैंकले विश्वास लिएको जनाएको छ । बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहकहरुको अधिकतम लाभका लागि यो योजना ल्याइएको एनआइशी एशिया बैंकले जनाएको छ ।

बैंकले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट देशभर रहेको विभिन्न ख्याति प्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्