एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख रूपैयाँ सहयोग


 


काठमाडौं, फागुन २१
एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं १ स्थित श्री देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ ।

मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् ।

उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइराला र बैंक व्यवस्थापनका सदस्यहरूको पनि उपस्थिति थियो ।

बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्