अनामनगरस्थित ७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा!


 


काठमाडौं, फागुन २५
अनामनगरस्थित धोबीखोलासँगै रहेको करिब ७ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य फेला परेको छ।अनामनगरमा धोबीखोला नदी उकासको जग्गा करिब २५ जनाले अतिक्रमणगरी आफ्नो नाममा कायम गराएको पाइएको हो।

भूमि सूधार तथा व्यवस्थापन मन्त्रालयद्वारा नापी विभागका तत्कालीन उपमहानिर्देशक कृष्णराज अधिकारीको संयोजकत्वमा गठित छानबिन प्रतिवेदनले धार परिवर्तन गर्न अघि बगेको धोबीखोलाको जग्गा कायम गर्दा जालसाजीपूर्ण ढंगले व्यक्ति विशेषका कित्तामा धोबीखोलाको जग्गा घुसाई व्यक्ति नाममा दर्ता गरेको ठहर गरेको छ।

प्रतिवेदनले व्यक्तिको नाममा दर्ता भएकोे ठहर गरेका ती जग्गाको मूल्य करिब एक अर्ब रुपैयाा पर्ने देखिन्छ। प्रतिवेदनमा उल्लेख भएअनुसार नदी उकासको सो सरकारी जग्गामध्ये कित्ता नम्बर ६४ को एक रोपनी १४ आना २ पैसा दुई दाम क्षेत्रफल जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०६३ पुस १९ मा टेकबहादुर पौडेल र कुलबहादुर निरौलाको नाममा जग्गाधनी पुर्जा तयारीगरी उपलब्ध गराइएको छ।

त्यस्तै कित्ता नम्बर ६३ को क्षेत्रफल १२ आना एक पैसा सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०६३ भदौ २० मा अग्निप्रसाद पौडेलको नाममा दर्ता गरी पूर्जा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ। कित्ता नम्बर ८ को क्षेत्रफल ४ आना २ पैसा जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट सहदेव रायामाझीको नाममा जग्गाधनी पुर्जा तयारगरी उपलब्ध गराइएको प्रतिवेदनमा जनाइएको छ।

खोलाको सरकारी जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा क्षेत्रफल ३ आना २ पैसा २ दाम जग्गा २०६२ जेठ १२ मा निर्मला श्रेष्ठको नाममा दर्ता गरिएको छ। त्यस्तै कित्ता नम्बर ३१ को क्षेत्रफल १० आना जग्गा पनि निर्मला कै नाममा दर्ता गरिएको फेला परेको छ। त्यस्तै कित्ता नम्बर १ सय ८३ को क्षेत्रफल ५ आना ३ पैसा २ दाम र कित्ता नम्बर १ सय ८५ को क्षेत्रफल दुई पैसा २ दामगरी ६ आना २ पैसा जग्गा राजीव र आजीव श्रेष्ठको नाममा दर्ता खएको प्रतिवेदनमा उल्लेख छ।

कित्ता नम्बर ५५ को क्षेत्रफल ३ आना ३ पैसा २ दाम जग्गा मोहन महर्जनको नाममा दर्ता गरी २०६३ भदौ २३ मा मालपोत कार्यालय डिल्लीबजारबाट राजीनामा पासमार्फत बन्दना भट्टराईको नाममा कायम भएको छ।

प्रतिवेदनले कित्ता नम्बर २९ को क्षेत्रफल ३ आना जग्गा सविता श्रेष्ठको नाममा दर्ता भइसकेको देखाएको छ। त्यस्तै खोलाको पर्ति उल्लेख भएको क्षेत्रफल ३ आना जग्गा रमेशकुमार श्रेष्ठको नाममा दर्ता भएको छ।

३ आना ३ दाम जग्गा कमानसिंह लामा, २ आना जग्गा शान्ति शेरचनको नाममा रहेको देखिन्छ। त्यसैगरी क्षेत्रफल एक रोपनी एक आना एक पैसा ३ दाम जग्गा इन्द्रबहादुर ब्रजाचार्यको नाममा रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार कित्ता नम्बर ५० को क्षेत्रफल एक रोपनी ७ आना २ पैसा दुई दाम जग्गा मोहन श्रेष्ठको नाममा नापी नक्सा भएको छ। त्यस्तै कित्ता नम्बर एक सय १६ को ६ आना जग्गा वालकुमारीको नाममा गएको छ।

कित्ता नम्बर एक सय सातको ३ आना जग्गा गणेशमालीको नाममा दर्ता भइ रिता तन्डुलकारको नाममा गएको प्रतिवेदनले जनाएको छ। कित्ता नम्बर २ सय १३ को क्षेत्रफल ८ आना जग्गा भने रबिन टन्डुलकारको नाममा दर्ता भएको उल्लेख छ।

कित्ता नम्बर १ सय ६८ को क्षेत्रफल ५ आना ३ पैसा जग्गा तारानाथ लुइँटेलको नाममा नाप नक्सा भएको प्रतिवेदनले आंैल्याएको छ। रमादेवी खनालसमेत ६ जनाको नाममा दर्ता भएको क्षेत्रफल एक रोपनी ८ आना तीन दाम १ पैसा जग्गामध्ये ७ आना एक पैसा जग्गा नदी उकासको रहेको प्रतिवेदनको ठहर छ।

त्यसैगरी कित्ता नम्बर १ सय ६५ को क्षेत्रफल ८ आना २ पैसा १ दाम जग्गा यमरल जंगमको नाममा नापी भएको उल्लेख छ। प्रतिवेदनका अनुसार कित्ता नम्बर २ सय ८० को क्षेत्रफल ३ आना ३ पैसा जग्गाको स्रेस्ता नभेटिए पनि नापीको प्लट रजिस्टरमा समुन्द्र नेम्बाङ र आनन्द नेम्बाङको नाममा कायम रहेको छ।

नदी उकासको जग्गा देखिएको कित्ता नम्बर ३ सय ११ को क्षेत्रफल ३ आना जग्गा विजय तन्डुकार र कित्ता नम्बर ३ सय १२ को जग्गा क्षेत्रफल ४ आना ३ पैसा जग्गा सुशिला शाक्यको नाममा कायम भएको प्रतिवेदनमा उल्लेख छ। आजको नागरिक दैनिकबाट

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्