पूर्वगृहमन्त्रीहरूले छाडेनन् सुरक्षाकर्मी र गाडी!


 


काठमाडौं, फागुन २८
पूर्वगृहमन्त्रीहरूले कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मी र गाडीको दुरुपयोग गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा गृहमन्त्रीबाट हटेको दुई वर्षसम्म मात्र यस्तो सुविधा पाउने उल्लेख छ ।

गृहले नै नेतृत्व नलिएसम्म पूर्वगृहमन्त्रीहरूको सुरक्षामा खटिएका प्रहरी र गाडी फिर्ता गर्न सकिने अवस्था नरहेको प्रहरी अधिकारीहरू बताउँछन् । गृहले यससम्बन्धी छुट्टै कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पेस गरे पनि स्वीकृत भने हुन सकेको छैन ।

पूर्वगृहमन्त्रीहरू विमलेन्द्र निधि, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, कमल थापा, प्रकाशमान सिंहलगायतले १० भन्दा बढी प्रहरी घरमा राखेका छन् ।

पूर्वमहानिरीक्षकको घरमा सातजनासम्म प्रहरी
सशस्त्र प्रहरी बलबाट नेता मात्र होइन, अवकाशप्राप्त प्रहरी अधिकारीको घरमा समेत नियमविपरीत सुरक्षाकर्मी खटाइएको छ । पूर्वमहानिरीक्षकहरूको घरमा सातजनासम्म प्रहरी खटिएका छन् ।

नियमअनुसार पूर्वआइजिपीले तीन, एआइजीले दुई तथा डिआइजीले एकजना सहयोगी पाउँछन् । तर, पूर्वमहानिरीक्षकहरू वासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त, दुर्जकुमार राई, किशोर लामाको घरमा नियमविपरीत तीनभन्दा धेरै प्रहरी कार्यरत छन् । अवकाशप्राप्तमध्ये सिंहबहादुर श्रेष्ठले नियमअनुसार नै तीनजना मात्र लिएका छन् ।आजको नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्