कति लाग्यो प्रधानमन्त्रीको उपचार खर्च ?




काठमाडौं, चैत १
त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको उपचार खर्च ६ लाख भएको छ। 

फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको १२ दिनको उपचार खर्च ५ देखि ६ लाखसम्म भएको अनुमान गरिएको अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गाले जनकारी दिए। उपचार खर्चको बिल भने बनिनसकेको उनले बताए। 

‘अहिले सबै हिसाब भएको छैन’, डा। खड्गाले भने, ‘उहाँको उपचार खर्च ५ देखि ६ लााखसम्म भएको अनुमान गरिएको छ।’ 

पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले ६९ वर्षको उमेरमा स्वदेशमै दोस्रो पटक फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका हुन्। 

मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वास्थ्य लाभ गर्दै ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन्। प्रधानमन्त्री ओलीलाई अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार लगिएको छ। 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको हेरचार बालुवाटारमा निजी चिकित्सक र नर्सले गर्ने चिकित्सकले बताएका छन्। ओलीलाई उनकी भाञ्जी ३० वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। समीक्षा भने पूर्ण स्वास्थ्य लाभ गर्दैै फागुन २८ गते डिस्चार्ज भएकी हुन्। अन्नपूर्ण दैनिक

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News