शान्तिसेनामा सुडान पूगेको नेपाली सेनाको जहाज लगत्तै फर्केर किन पुग्यो नेपाल


 


shanti-sena

काठमाडौं,भदौ ३० नेपाली सेनाको २ सय ३२ जना बोकेर सुडान पुगेको जहाज फर्केर फेरि नेपालामा नै अवतरण भएको छ ।

पासपोर्ट बिर्सेपछि उडेको दुई घण्टामा नै शान्ति सेना बोकेको इथोपिएन जहाज मध्यरातमा नेपालमा ल्याण्डिङ गरिएको बताइएको छ ।

सैनिक सुत्रका अनुसार उक्त जहाजमा जाने अधिकृत र जवानहरुको पासपोर्ट नेतृत्त्व गर्ने सैनिक कमाण्डरको लापरवाहीका कारण नेपाली सेनाको सिंगो टोली अपमानित ढंगले नेपाल फर्काइएको छ ।

मध्यरातको १ बजेर ४० मिनेटमा काठमाडौं अवतरण गरिएको जहाज राती नै २ बजेर ५० मिनेट जाँदा पासपोर्ट सहित सुडान प्रस्थान गरेको सैनिक सह प्रवक्त रामनाथ ढुङ्गानाले जानकारी दिए ।

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्