कोरोना भाइरस भएको शङ्कामा कुटेर मारियो


 



एजेन्सी
दक्षिणपूर्वी केन्यामा एकजनालाई कोरोनाभाइरस भएको शङ्कामा पिटेर मारिएको छ।

केही युवा समूहले पिटेको र पछि अस्पतालमा उक्त व्यक्तिको मृत्यु भएको जनाइएको छ। उक्त व्यक्तिलाई मङ्गलबार स्थानीय समयअनुसार बेलुकी ९ बजे कुटिएको थियो।

उक्त घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई पक्राउ नगरिएको स्थानीय प्रहरी प्रमुख नेहेमिया बिटोकले बताए ।

केन्यामा हालसम्म सात जना कोरोना सङ्क्रमित भएका छन्। यस महामारीसँग लड्न केन्याले पर्यटकलाई यात्रा गर्न प्रतिबन्ध, शैक्षिक संस्था बन्द र सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्