विमानमा पटक पटक भइरहेको समस्या छनवीन गर्न समिति गठन


 


Nepal_Airlines_Airbus

काठमाडौं, भदौ ३० नेपाल वायुसेवा निगमको विमानमा पटक पटक आइरहेका समस्याको कारण पत्ता लगाउन छानवीन समिति गठन गरेको छ ।

भदौ २६ गते नयाँ दिल्लीमा देखिएको समस्या र २८ गते काठमाडौंमा दखिएको समस्या र समस्याका जिम्मेवार व्यक्तिसमेत पत्तालगाई कारवाही गर्न सरकारले छानवीन समति गठन गरेको हो ।

सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको अध्यक्षतामा नागरिक उड्ड्यन प्राधिकरणका पूर्व उपनिर्देशक विनोद कुमार गौतम, क्याप्टेन दिपक लामा, क्याप्टेन विश्वमान अमात्य र हिमालयन एयरलाइन्स प्रा.लि.का इन्जिनियर समिर बस्नेत समितिका सदस्यमा रहेकाछन् ।

समितिलाइ प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्